मुसिकोट । रुकुम पश्चिममा चुनाव बिथोल्न खाजेको आरोपमा विप्लव नेतृत्वको नेकपाका तीन जना कार्यकर्ता पक्राउ परेका छन् ।
पक्राउन पर्नेहरुमा पार्टीको जिल्ला कमिटि सदस्य महेश बस्नेत र राकेश बिक, विप्लव निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य हरिबहादुर पुन रहेका छन् । प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले आठबिसकोटको वडा नम्वर ५, ११ र १३ मा रहेका मतदान केन्द्रमा मतपेटिका तोडफोड र मतपत्र च्यात्न खोजेको अवस्थामा तीन जनालाई पक्राउ परिएको बताउनुभयो ।
बस्नेतलाई वडा नम्वर ५ बाट, बिकलाई वडा नम्वर ११ बाट र पुनलाई वडा नम्वर १३ बाट पक्राउ गरिएको हो । पक्राउ परेकाहरु उपर निर्वाचन आयोगले नियामानुसार कारबाहि प्रक्रिया अगाडि बढाउने प्रजिअ घिमिरेले जानकारी दिनुभयो ।