सिस्ने ४ मा १ हजार १८ मत खस्यो

सिस्ने ४ मा १ हजार १८ मत खस्यो

रुकुमकोट। रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ४ मा मतदान सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ । यस वडामा दुईवटा मतदान केन्द्र रहेका छन् ।

मतदान केन्द्र निमावि झार्किपोले (क) मा ५ सय ४३ मतदाता रहेका छन् भने निमावि नयाँ ढाँका मतदान केन्द्र (ख) मा १ हजार ४३ मतदाता रहेका छन् ।

यस वडामा निर्वाचन आयोगको अन्तिम नामावलिमा अनुसार जम्मा मतदाताको संख्या १ हजार ५ सय ८६ छन् जसमध्य ५ सय ६८ जना मतदान गर्न उपस्थित भएनन् ।
यी दुईवटै मतदान केन्द्रबाट महिला संख्या ५ सय ५६ पुरूष ४ सय ६२ गरि जम्मा १ हजार १८ मत खसेको छ ।

मतदान केन्द्र (क) महिला १ सय ९५ र पुरूष १ सय ७९ गरि जम्मा ३७४ मत खसेको निमावि झार्किपोलेका मतदान अधिकृत बिकास गौतमले जानकारी दिनुभयो ।

यस्तै निमावि नयाँ ढाँका मतदान अधिकृत निम प्रसाद गिरीका अनुसार जम्मा ६ सय ४४ मत खसेको बताउनुभयो । जसमा महिला संख्या ३ सय ६१ मत खसेको छ भने , पुरूषको २ सय ८३ मत खसेको निमावि नयाँ ढाँकाका मतदान अधिकृत गिरीले बताउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार