रुकुम पूर्वमा मतदान सम्पन्न, ६१ प्रतिशत मत खस्यो

रुकुम पूर्वमा मतदान सम्पन्न, ६१ प्रतिशत मत खस्यो

रुकुमकोट । रुकुम पूर्वमा शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भएको छ । जिल्लाको ४४ मतदान स्थल र ५६ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वले जनाएको छ ।

कुल ३४ हजार १ सय २२ मतदातामध्ये करिब २१ हजार १ सय ४६ जना (६१ प्रतिशत) ले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदान गरेका छन् ।

मतदानमा सहभागीमध्ये १० हजार ९ सय ११ महिला रहेका छन् भने, १० हजार २ सय ३५ जना पुरुष रहेका छन् ।

अहिले मतपेटिका संकलन गर्ने र मुुख्य निर्वाचन अधिकृतको कार्यालय ल्याउने काम भइरहेको जिल्ला निर्वाचन अधिकारी तेज कुमार ओलिले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबै केन्द्रबाट मतपेटिका आएपछि भोली दिउँसो बाट मतगणणाको काम सुरु गरिने छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार