रुकुम पश्चिममा ५८ प्रतिशत मत खस्यो

रुकुम पश्चिममा ५८ प्रतिशत मत खस्यो

मुसिकोट । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा रुकुम पश्चिममा ५८.०४ प्रतिशत मत खसेको छ ।

यहाँका १ सय ३९ वटा स्थायी र २ वटा अस्थायी मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ । मतदानका लागि तोकिएको समय साँझ ५ बजेसम्मको अवधिमा सबै मतदान केन्द्रहरूमा मतदान सकिएको छ ।

रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेका अनुसार जिल्लामा रहेका १ लाख ४ हजार २८० मतदाता मध्ये ६० हजार ५२७ मत खसेको हो ।

मतदान गर्नेमा महिला ३१ हजार ५२७ र पुरुष २९ हजार मतदाता रहेका छन् । बैशाखमा भएको स्थानीय तह निर्वाचनको तुलनामा १३.२७ प्रतिसत कम मत खसेको छ । स्थानीय तहको निर्वाचनमा जिल्लामा ७१ प्रतिशत मत खसेको थियो ।

अहिले मतपेटिका संकलन गर्ने र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने काम भइरहेको प्रजिअ घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार सबै मतदान केन्द्रबाट मतपेटिका आएपछि भोली दिउँसो बाट मत गणनाको काम सुरु गरिने छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार