एमाले रुकुम पश्चिमद्धारा मतगणना बहिष्कार

एमाले रुकुम पश्चिमद्धारा मतगणना बहिष्कार

मुसिकोट । नेकपा एमाले रुकुम पश्चिमले आईतबार सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतगणना कार्यलाई बहिष्कार गर्ने जनाएको छ ।

नेकपा माओवादी केन्द्रले आफ्ना पार्टीका प्रतिनिधिलाई धम्काएर, बुथ कब्जा गरेर फर्जी मत हालेको आरोप लगाउँदै मतगणना बहिष्कार गरेको जनाएको छ । आज सोमबार बागबजारस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर जिल्लाका सात वटा मतदान केन्द्रमा पनः मतदानको माग गरेको छ ।

पार्टीका जिल्ला अध्यक्ष समेत रहनुभएका प्रतिनिधिसभा सदस्यका उम्मेदवार नन्दराम देवकोटाले अर्थमन्त्री एवम् सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार जनार्दन शर्माको प्रत्यक्ष निर्देशनमा बुथ कब्जा भएको बताउनुभयो ।

उहाँले बाँफीकोट गाउँपालिकाको ६ र ७, आठविसकोट नगरपालिकाको २ र ३, सानीभेरी गाउँपापलिकाको २ र ३ मा बुथ कब्जा गरेर फर्जि मत हालिएको र मुसीकोट नगरपालिका १३ मा आचारसंहिता विपरितको काम भएको जनाउनुभयो ।

सो मतदान केन्द्रमा नेपाली काँग्रेसका नेता एवम् वाम लोकतान्त्रिक गठबन्धनका निर्वाचन परिचालन परिचालन समितिका संयोजक गोपाल जि जंग शाहले मतदान गरेको मतपत्र विभिन्न सामाजिक संजालमा सार्वजनिक भएको छ ।

उल्लेखित सात वटा मतदान केन्द्रमा एमालेले पुनः मतदानको माग गरेको छ । उम्मेदवार नन्दराम देवकोटाकाले आफ्ना मागहरु सम्बोधन नभएसम्म आफूहरू मतगणनामा सहभागी नहुने बताउनुभयो ।

यस बिषयमा आजै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन समेत दिएको देवकोटाले जानकारी गराउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार