रुकुम पूर्वका सबै मतपेटिका संकलन, सर्वदलिय बैठक बस्दै

रुकुम पूर्वका सबै मतपेटिका संकलन, सर्वदलिय बैठक बस्दै

रुकुमकोट । रुकुम पूर्वका सबै मतपेटिका रुकुमकोटमा संकलन गरिएको छ ।

सोमबार बेलुका जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका २ पेल्मामा रहेको मतदान केन्द्रको मतपेटिका ल्याईएपछि जिल्लाको सबै मतपेटिका संकलन भएका हुन् ।

जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीका अनुसार मुख्य निर्वाचन अधिृकतको कार्यालयमा जिल्लाका ५६ वटै मतदानस्थलबाट मतपेटिका ल्याईएको छ । उहाँका अनुसार केहिबेरमा सर्वदलिय बैठक बोलाईएको छ ।

बैठकको निर्णय अनुसार समय निर्धारण गरेर मतगणना हुने उहाँले जानकारी दिनुभयो । भौगोलिक विकटताको कारण मतपेटिका ल्याउन ढिलाई भएको जनाईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार