एमाले बैठकमा नआउँदा रुकुम पश्चिममा मतगणना सुरु हुन सकेन

एमाले बैठकमा नआउँदा रुकुम पश्चिममा मतगणना सुरु हुन सकेन

मुसिकोट । नेकपा एमालेका कुनै पनि प्रतिनिधिहरु सर्वदलिय बैठकमा नआउँदा रुकुम पश्चिममा मतगणना सुरु हुन सकेको छैन ।

सोमबार राति ११ बजेबाट सुरु हुने भनिएको रुकुम पश्चिमको मतगणना भोलि मंगलबार बिहान सात बजेबाट हुने भएको छ ।

भर्खरै मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको सूचना अनुसार मंगलबार बिहान सात बजेबाट मतगणना सुरु हुने छ । उम्मेदवार वा पार्टीका प्रतिनिधि नआएपनि निर्धारित समयमा मतगणना सुरु गरिने सूचनामा उल्लेख गरिएको छ ।

एमालेले सात वटा मतदान केन्द्रमा माओवादी केन्द्रले बुथ कब्जा गरेर फर्जि मत हालेको भन्दै सोमबार मुख्य निर्वाचन अधिृकतको कार्यालयमा उजुरी गरेको थियो । उजुरीउपर कारबाहि नभएसम्म मतगणना कार्यमा सहभागि नहुने एमालेले जनाएको छ । जिल्लाका सात मतदान केन्द्रमा एमालेले पुन मतदानको माग गरेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने एमालेले दर्ता गरेको उजुरी उपर कानुनी प्रावधानले समेट्न नसक्ने भएकोले मतगणना प्रक्रियामा सुरु गरिने जनाएको छ ।

एमाले रुकुम पश्चिमद्धारा मतगणना बहिष्कार

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार