रुकुम पश्चिममा प्रतिनिधि सभा र प्रदेशसभा १ को मतगणना सुरु

रुकुम पश्चिममा प्रतिनिधि सभा र प्रदेशसभा १ को मतगणना सुरु

मुसिकोट । रुकुम पश्चिममा मतगणना सुरु गरिएको छ ।

मंगलबार बिहान ८ः४० बजेबाट जिल्ला समन्वय समिति रुकुम पश्चिममा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरु गरिएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ को मतगणना सुरु गरिएको छ । अहिले  बाँफिकोट गाउँपालिका वडा नम्बर ४ मा रहेको बिरेन्द्र माविमा रहेको (क) र (ख) मतदान केन्द्रको मतगणना सुरु गर्न लागिएको सहायक मुख्य निर्वाचन अधिकृत कृतबहादुर बोहराले जानकारी दिनुभयो ।

सोमबार जिल्लाका सात मतदान केन्द्रको पुनः मतदान माग गर्दै मतदगणना प्रक्रिया बहिष्कार गर्ने जनाएको नेकपा एमाले रुकुम समेत मतगणना प्रक्रियामा सहभागी भएको छ । मतगणना कार्यलाई चुस्त, दुरुस्त र छिटो अनि सुरक्षित बनाउन आवश्यक सम्पूर्ण प्रयास गरेको मुख्य निर्वाचन अधिकृत खड्कबहादुर केसीले जानकारी दिनुभयो ।

रुकुम पश्चिममा १ लाख ४ हजार २ सय ८० मतदाता रहेकामा ६० हजार ५ सय २७ मत खसेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार