समानुपातिक तर्फकाे मतगणना जारी : अहिलेसम्म एमाले पहिलो

समानुपातिक तर्फकाे मतगणना जारी : अहिलेसम्म एमाले पहिलो

आइतबार सुरु भएको प्रतिनिधि र प्रदेश सभाको मतगणना अहिले जारी छ।
धेरै ठाउँमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतगणना भइरहेको छ। प्रतिनिधि सभामा समानुपातिकतर्फको मतगणना पनि जारी छ।
निर्वाचन आयोगबाट प्राप्त अहिलेसम्मको मतपरिणाममा समानुपातिक तर्फ नेकपा (एमाले) पहिलो स्थानमा छ।
एमालेले ६६१९० मत पाएको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ५७९९२ मत ल्याएको छ। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी माओवादी केन्द्रलाई पछि पार्दै तेस्रो स्थानमा छ।
स्वतन्त्र पाटिले २९०५० मत पाएको छ भने माओवादी केन्द्रले २५७०९ मत ल्याएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले १५९६५, जनता समाजवादी पार्टीले ५००६, सिके राउत नेतृत्वको जनमत पार्टीले ४९१२ मत पाएका छन्।
नेपाल मजदुर किसान पार्टीले ४१५७ मत पाएको छ भने माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले २८५५ मत ल्याएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार