रुकुम पश्चिमको पहिलो चरणको मतपरिणाम सार्वजनिक, गठबन्धनको अग्रता

रुकुम पश्चिमको पहिलो चरणको मतपरिणाम सार्वजनिक, गठबन्धनको अग्रता

मुसिकोट । रुकुम पश्चिममा पहिलो चरणमा सुरु गरिएको मत परिणाम सार्वजनिक गरिएको छ ।

जिल्लाको बाँफिकोट गाउँपालिका ४ मा रहेको बिरेन्द्र माविमा रहेको मतदान केन्द्रमा खसेको ७४२ मत परिणाम गणना गर्दा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार रहनुभएका माओवादी केन्द्रका नेता जनार्दन शर्माले ३५९ मत ल्याउनु भएको छ ।

त्यसैगरी नेकपा एमालेका नन्दराम देवकोटाले २४९, राप्रपाका दिपक मल्लले ७०, स्वतन्त्र उम्मेदवार तारक केसीले २७ र मंगोल नेशनल अर्गनाईजेशनका हरिबहादुर पुनले २ मत ल्याउनु भएको छ ।

प्रदेश निर्वाचन क्षेत्र नम्वर १ को पहिलो चरणको मतपरिणाम अनुसार वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार रहनुभएका महेन्द्र केसीले सुरुवाती अग्रता लिनुभएको छ ।

उहाँले ३५५ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका नारायण कुमार शाहले १९८ र राप्रपाका विनोद कुमार शाहले १५० मत ल्याउनुभएको छ । मत गणना जारी रहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार