रुकुम पूर्व प्रदेशसभा १ मा स्वतन्त्र उम्मेदवार सुरुल पुन विजयी

रुकुम पूर्व प्रदेशसभा १ मा स्वतन्त्र उम्मेदवार सुरुल पुन विजयी

रुकुमकोट । रुकुम पूर्वको प्रदेश सभा १ मा स्वतन्त्र उम्मेदवार सुरुल पुन मगर विजय हुनुभएको छ । सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका तेजबहादुर ओलीलाई पुनले पराजित गर्नुभएको हो ।

स्वतन्त्र उम्मेदवार पुनले चार हजार ४६५ मत प्राप्त गरेर विजय हुनु भएको छ । उहाँका निकटम प्रतिस्पर्धी ओलीले तीन हजार ९३२ मत प्राप्त गर्नुभएको छ । उहाँहरुबीच ५३३ मतान्तर रहेको छ ।

पुनले बिजुलीको बल्ब चुनाव चिन्ह लिएर चुनाव लड्नु भएको थियो । ओली नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हुनुहुन्छ भने पुन नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिका सदस्य हुनुहुन्थ्यो । स्वतन्त्र उम्मेद्वारी दिएपछि उहालाई पार्टीले कारबाही गरेको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार