रुकुम पश्चिममा समानुपातिक तर्फको मतगणना जारी : कुन दललाई कति मत ?

रुकुम पश्चिममा समानुपातिक तर्फको मतगणना जारी : कुन दललाई कति मत ?

मुसिकोट । रुकुम पश्चिममा मतगणना जारी छ । हालसम्मको मतपरिणाम अनुसार प्रतिनिधीसभातर्फ समानुपातिकमा नेकपा माओवादी केन्द्रको मत सबै भन्दा बढी छ ।

करिब ८ हजार मत गणना हुँदा नेकपा माओवादी केन्द्रको ४ हजार ७ सय ९४ मत रहेको छ । त्यस्तै दोस्रो स्थानमा नेकपा एमाले रहेको छ । एमालेले १ हजार ३ सय ८३ मत प्राप्त गरेको छ ।

त्यस्तै नेपाली काँग्रेसले १ हजार २ सय ४२ र राष्ट्रिय स्वतन्त्र पार्टीले २ सय ४३ मत प्राप्त गरेको छ । त्यस्तै एकिकृत समाजवादीले २ सय २३ र राप्रपाले १ सय ५३ मत प्राप्त गरेको छ । अन्य दलहरुको भने मत १ सय भन्दा तल छ ।

त्यस्तै प्रदेशसभा तर्फ पनि समानुपातिकमा नेकपा माओवादी केन्द्रको नै सबैभन्दा बढी मत छ । जसमा नेकपा माओवादी केन्द्रको ४ हजार ७ सय ५४, नेकपा एमालेको १ हजार ४ सय ६०, नेपाली काग्रेसको १ हजार ३ सय ५५, एकिकृत समाजवादीको २ सय ६२ र राप्रपाको १ सय ६५ मत रहेको छ । अन्य दलहरुको भने १ सय भन्दा तल मत रहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार