रुकुम पश्चिममा जनार्दन शर्माको अग्रता कायमै, पछ्याउँदै देवकोटा

रुकुम पश्चिममा जनार्दन शर्माको अग्रता कायमै, पछ्याउँदै देवकोटा

मुसिकोट । रुकुम पश्चिममा मतगणना कार्य जारी छ । हालसम्म मतपरिणाम अनुसार प्रतिनिधिसभा र प्रदेश सभामा माओवादी केन्द्रका उम्मेदवारको अग्रता रहेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ८ हजार २९५ मत गणना हुँदा प्रतिनिधि सभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट साझा उम्मेदवार रहनुभएका माओवादी केन्द्रका नेता जनार्दन शर्माले ५ हजार ३७१ मत पाउनुभएको छ । उहाँलाई नेकपा एमालेका नन्दराम देवकोटाले २ हजार २०८ मतका साथ पछ्याइरहनुभएको छ ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार तारक केसीले ४८४, राप्रपाका दिपक मल्लले २०१, मंगोल नेशनल अर्गनाईजेशनका हरिबहादुर पुनले १७ र स्वतन्त्र उम्मेदवार राजन पाण्डेले १४ मत ल्याउनुभएको छ ।

प्रदेश सभा (क) तर्फ वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहनुभएका माओवादी केन्द्रका महेन्द्र केसीले तीन हजार ६५१ मत ल्याउँदा नेकपा एमालेका नारायणकुमार शाहले एक ३६७ मत सहित पछ्याईरहनु भएको छ भने राप्रपाका बिनोद कुमार शाहले ३३२ ल्याउनुभएको छ ।

प्रदेश सभा (ख) मा पनि वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहनुभएका माओवादी केन्द्रका राजकुमार शर्माले एक हजार ७६५, एमालेका कर्ण बहादुर घर्ती मगरले ९६४ र राप्रपा निर्जल केसीले।१७१ मत प्राप्त गर्नुभएको छ ।

रुकुम पश्चिममा एक लाख चार हजार २८० मतदाता रहेकोमा ६० हजार ५२७ मत खसेको थियो ।  मत गणना जारी रहेको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार