सुर्खेत २ बाट कांग्रेसका हृदयराम थानी निर्वाचित

सुर्खेत २ बाट कांग्रेसका हृदयराम थानी निर्वाचित

सुर्खेत क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार हृदयराम थानी विजयी हुनुभएको छ ।

कुल खसेको ७६ हजार ३५२ मतमध्ये थानीको पक्षमा ३४ हजार ६२५ आएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जिल्ला अध्यक्ष अमृत कुमार बीसीलाई ५ हजार ६७ मतान्तरले पराजित गर्नुभयो । एमालेका बीसीले २९ हजार ५५८ मत प्राप्त गर्नुभयो ।

थानीले योसँगै तीन पटक संसदीय निर्वाचनमा जित हासिल गर्नुभएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार