रुकुमकोट । रुकुम पूर्वमा प्रतिनिधिसभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार हुनुभएका माओवादी केन्द्रका पूर्ण घर्तीमगर विजयी हुनुभएको छ ।
उहाँले १२ हजार २६२ मत ल्याए विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कैलाश कुमार मल्ले पाँच हजार २११ मत ल्याउनु भएको छ । त्यसैगरी स्वतन्त्र तर्फबाट उम्मेदवार हुनुभएका चन्द्रराज झाक्रीले ८९६, राप्रपाका खिम बहादुर खत्रीले ५८६, मंगोल नेशनल अर्गनाइजेशनका रतन बहादुर बुढाले ४६४ र नेश्नलिष्ट पिपल्स पार्टीका बल बहादुर बुढाले ३०३ मत प्राप्त गर्नुभएको छ ।
यससँगै रुकुम पूर्वको प्रतिनिधि सभा र प्रदेश सभाको मत परिणाम सार्वजनिक भैसकेको छ । प्रदेश सभा १ मा स्वतन्त्र उम्मेदवार सुरुल पुन र २ मा नेपाली काँग्रेसका धनबहादुर केसी विजयी हुनुभएको छ ।