रुकुम पश्चिममा जनार्दन शर्माको अग्रता कायमै

रुकुम पश्चिममा जनार्दन शर्माको अग्रता कायमै

मुसिकोट । रुकुम पश्चिममा प्रतिनिधिसभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवारी दिनुभएका माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्माले फराकिलो मतका साथ प्रतिश्पर्धीलाई पछाडि पार्नुभएको छ ।

बुधबार बेलुका सार्वजनिक गरिएको मत परिणाम अनुसार प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ १७ हजार ९३० मत गणना हुँदा शर्माले ११ हजार ३५७ मत ल्याएर अग्रता लिईरहनुभएको छ । उहाँलाई नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटाले पछ्याईरहनुभएको छ । देवकोटाले ४ हजार ४९८ मत ल्यानुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार तारक केसीले ९१०, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक मल्लले ४११, मंगोल नेशनल अर्गानाईजेशनका हरिबहादुर पुनले ४८ र स्वतन्त्र उम्मेदवार राजन पाण्डेले २१ मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ मा आठ हजार ६८ मत गण्ना गर्दा माओवादीका महेन्द्र केसीले पाँच हजार २७८ मत ल्याउनुभएको छ भने नेकपा एमालेका नारायण कुमार शाहले दुई हजार १०८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका बिनोद कुमार शाहले ३८९ मत ल्याउनुभएको छ ।

प्रदेशसभा निर्वाचन क्षेत्र नं.२ मा पनि माओवादी केन्द्रका राजकुमार शर्माले अग्रता लिईरहनुभएको छ । जम्मा ९ हजार ७३९ मत गणना हुँदा शर्माले ५ हजार ९१९, नेकपा एमालेका कर्णबहादुर घर्तीले एक हजार २ हजार ९२० र राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्जल केसीले ६१२ मत प्राप्त गर्नुभएको छ ।

रुकुम पश्चिममा एक लाख चार हजार २८० मतदाता रहेकोमा ६० हजार ५२७ मत खसेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार