मुसिकोट । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागी रुकुम पश्चिममा खटिएका म्यादी प्रहरीलाई बिदाई गरिएको छ । निर्वाचन सकिएसँगै बिहीबार ब्राहटाकुराको ब्याडमेन्टिन कभर्डहलमा कार्यक्रम गरेर बिदाइ गरेको हो ।
निर्वाचन सुरक्षामा रुकुम पश्चिममा ७७५ जना म्यादी प्रहरी परिचालन गरिएको थियो । उनीहरुलाई प्रमाणपत्र प्रदान गरेर बिदाई गरिएको हो । गृह मन्त्रालयले तयार पारेको विशेष सुरक्षा योजनाअन्तर्गत निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी भर्ना गरिएको थियो ।
निर्वाचन सुरक्षा योजना अन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गरिएको थियो ।
बिदाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णु प्रसाद सोती, शसस्त्र प्रहरी नायव उपरिक्षक (डीएसपी) गोबिन्द बहादुर केसी, प्रमुख अनुसन्धान अधिकृत होमराज रेग्मी, प्रहरी निरिक्षक राजिव श्रेष्ठको आतिथ्यता रहेको थियो ।
![](https://i0.wp.com/ujelinews.com/wp-content/uploads/2022/11/316414986_734548501413522_6250194480000213150_n.jpg?resize=640%2C427&ssl=1)
![](https://i0.wp.com/ujelinews.com/wp-content/uploads/2022/11/316528164_734548971413475_6424870350775743184_n.jpg?resize=640%2C427&ssl=1)
![](https://i0.wp.com/ujelinews.com/wp-content/uploads/2022/11/316935019_734548201413552_3187752500506719632_n.jpg?resize=640%2C427&ssl=1)