धूम्रपान तथा सुर्तिजन्य पदार्थ बिक्री बितरण तथा सेवनमा निषेध

धूम्रपान तथा सुर्तिजन्य पदार्थ बिक्री बितरण तथा सेवनमा निषेध

मुसिकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले धूम्रपान तथा सुर्तिजन्य पदार्थ बिक्री बितरण तथा सेवन नगर्न नगराउन अनुरोध गरेको छ । तोकिएको सार्वजनिक स्थलबाट एक सय मिटरभित्रको घर, पसलबाट सुर्तिजन्य पदार्थ बिक्री वितरण गर्न गराउन नपाउने कानुनी व्यवस्था रहेको नगरपालिकाले जनाएको छ ।

उक्त कानुनी व्यवस्था विपरीत नगरपालिका क्षेत्रभित्रका शिक्षण र स्वास्थ्य संस्था लगायतका स्थानहरुमा धूम्रपान तथा सुर्तिजन्य पदार्थ बिक्री वितरण तथा धूम्रपान गरेको पाइएकोले मंसिर १५ गतेभित्र बिक्री गर्न कार्य बन्द वा स्थानान्तरण गर्नुका साथै सार्वजनिक स्थानमा सेवन नगर्न नगराउन चौरजहारी नगरपालिकाले अनुरोध गरेको हो ।

यदि प्रचलित कानुन विपरीत धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन तथा बिक्री वितरण गरेको पाइएमा सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन ऐन र नियमावली, २०६८ बमोजिम कारबाही हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार