सानीभेरीमा लैंगिक हिंसा बिरुद्धको अभियान सुरु

सानीभेरीमा लैंगिक हिंसा बिरुद्धको अभियान सुरु

मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु भएको छ । ‘सभ्यसमाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने नारा सहित राप्ति ज्ञानोदय मा बि सिम्लिबाट अभियानको शुभारम्भ गरिएको हो ।

कार्यक्रममा सानीभेरी गाउँपालिका उपाध्यक्ष कमला रोका पुन, पूर्व उपाध्यक्ष इन्द्रिरा ओली, वडा नम्बर ९ का अध्यक्ष एवम् सामाजिक विकास संयोजक शेरबहादुर खड्का, निमित्त प्रमुख प्रशासकीय अधिकृत भुपाल सिं बिष्ट, नेपाली काँग्रेसका प्रदेश समिती सदस्य रिप बहादुर ओली, गाउँपालिकामा कार्यरत कर्मचारी, राप्ति ज्ञानोदय माविका शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको शुरुवात महिला विरुद्धको हिंसा अन्त्यकालागि सन् १९९१ मा सेन्टरफोर ओमन्स ग्लोवल लिडरसीपको सहयोगमा विभिन्न २३ देशका उत्साहित महिला अधिकारकर्मी समुहले गरेको थियो। त्यसपछि हरेक २५ नोभेम्बर देखि १० डिसेम्बर सम्म अन्तर्राष्ट्रिय अभियानका रुपमा विश्वव्यापी रुपमा मनाउँदै आएको पाईन्छ। हाल १६ दिने अभियानलाई विश्वभर मनाउन थालेको ३१ वर्षभइसकेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार