मुसिकोट । मुसिकोट नगरपालिकाका ७६ जना अपाङ्ग तथा सुस्त मनस्थिति भएका बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ ।
अन्तराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा सामाजिक विकास कार्यालय रुकुम पश्चिम र मुसिकोट नगरपालिका महिला बालबालिका शाखाको सहयोगमा न्यानो कपडा र शैक्षिक साम्रगी वितरण गरिएको हो ।
सामाजिक विकास अधिकृत धनन्जय आचार्यका अनुसार मुसिकोट १ मा रहेको सरस्वति माध्यमिक विद्यालय सल्लेका ११ जना, आधारभुत विद्यालय डांग्रेचौरका १० जना र वडा नम्बर १३ को प्रभात माध्यमिक विद्यालय दोपाइका १५ जना बालबालिकालाई कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ।
उहाँका अनुसार ४० जना बालबालिकालाई न्यानो कपडा ज्याकेट वितरण गरिएको हो भने ३७ जना बालबालिकालाई शैक्षिक साम्रग्री वितरण गरिएको हो ।