सत्ता गठबन्धनकाे बैठक बस्दै, सरकार गठनबारेमा छलफल हुने

सत्ता गठबन्धनकाे बैठक बस्दै, सरकार गठनबारेमा छलफल हुने

सत्तारूढ गठबन्धनकाे बैठक सोमबार बस्ने भएको छ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनमोर्चाको बैठक सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेकाे हाे।

चुनावपछि पहिलो पटक औपचारिक रूपमा बस्न लागेको गठबन्धनको बैठकमा चुनावको समीक्षा हुनेछ।

भावी सरकार गठनका बारेमा पनि छलफल गर्ने तयारी गरेकाे माओवादी केन्द्रका महासचिव देव गुरुङले बताए।

शनिबार बसेकाे माओवादी केन्द्रकाे बैठकले अहिलेको सत्ता गठबन्धनको विकल्प खोजेको बताए पनि आइतबार त्यसलाई सच्याउँदै अहिलेकै गठबन्धनलाई अघि बढाउने निष्कर्ष निकालेको थियाे।

माओवादीले गठबन्धन भएर पनि भाेट ट्रान्सफर नभएकाे आराेप लगाउँदै आएकाे छ।

कांग्रेसले प्रत्यक्षतर्फ ५७ सिट जितेकाे छ भने माओवादी केन्द्रले १७ र एकीकृत समाजवादीले १० सिट हासिल गरेकाे छ।

कांग्रेसले धेरै सिट जितेकाे हुनाले नेतृत्वमा स्वाभाविक दावी गर्नेछ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार