प्रदेश– १ ले लोक सेवा आयोगले माग्यो ३३१ जना कर्मचारी

प्रदेश– १ ले लोक सेवा आयोगले माग्यो ३३१ जना कर्मचारी

प्रदेश– १ को प्रदेश लोक सेवा आयोगले  स्थानीय तहका लागि कर्मचारी माग गरेको छ । सोमबार सार्वजनिक सूचना जारी गर्दै ३३१ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।

स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिकतर्फका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन आह्वान गरिएको सूचनामा उल्लेख छ । योग्यता पुगेका उमेदवारले पुस १० गतेसम्म अनलाइनमार्फत दरखास्त दिनसक्ने छन् ।

प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उमेदवारहरूको रोजाई प्राथमिकता क्रमअनुसार स्थानीय तह तोकी सिफारिस गरिने पनि आयोगले स्पष्ट पारेको छ ।

सिफारिस भएका उमेदवारलाई सम्बन्धित स्थानीय तहले नै स्थायी नियुक्ति दिनेछन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार