दोलखा प्रदेश १ बाट कांग्रेसका कुन्दनराज काफ्ले विजयी

दोलखा प्रदेश १ बाट कांग्रेसका कुन्दनराज काफ्ले विजयी

दोलखाको प्रदेश सभा क्षेत्र १ बाट नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्ले विजयी भएका छन्।

उनले नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई हराएका हुन्।

काफ्लेले २२ हजार ७ सय ९७ मत ल्याएका छन् भने श्रेष्ठले १४ हजार ७ सय ५५ मत ल्याएका छन्।

काफ्लेले ८ हजार ४२ मतान्तरले चुनाव जितेका छन्।

काफ्ले नेविसंघका पूर्वमहामन्त्री हुन्। उनी कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यसमेत भएका थिए।

दोलखामा २०५२ मा भीमबहादुर तामाङले जितेपछि कांग्रेसका कुनै उम्मेदवारले पनि जितेका थिएनन्। यसपालि काफ्लेले यहाँ चुनाव जिते।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार