रोकिराखेको मोटरसाइकलमा आगलागी

रोकिराखेको मोटरसाइकलमा आगलागी

मुसिकोट । रुकुम पश्चिममा रोकिराखेको मोटरसाइकलमा आगलागी भएको छ । जिल्लाको मुसीकोट नगरपालिका वडा नम्बर ८ ठोकलाबाङमा रोकिराखेको रा ५ प ७०३३ नम्बरको मोटरसाइकल आईतबार साँझ ७:३० बजे आगलागी भएको हो ।

मोटरसाइकल धनी भीमप्रकाश पाण्डेका अनुसार आफूहरुले मोटरसाइकल रोकेर साथीको बिहेमा जान भनेर केही अगाडि बढ्ने बित्तिकै आगलागी भएको बताउनु भएको छ । उहाँका अनुसार सँगै रोकेर राखेका अन्य दुई वटा बाइकमा भने कुनै क्षति भएको छैन ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । यस पिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिनुभयो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार