संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीलाई आफूखुसी बिदा नबस्न आग्रह गरेको छ।
मन्त्रालयले बिदा बस्नुअघि जानकारी दिन भनेको हो।
जिल्ला समन्वय समितिका कार्यालय र स्थानीय तहहरूलाई पत्राचार गर्दै मन्त्रालयले पूर्वस्वीकृतिबिना बिदा नबस्न भनेको छ।
मन्त्रालयका उपसचिव रवीन्द्रजंग थापाले पत्राचार गर्दै जिसस अधिकारी र प्रमुख प्रशासकीय अधिकृतले स्वीकृतिबिना नै बिदा बसेको गुनासो आएकोले त्यसो नगर्न आग्रहसहित पत्राचार गरेका छन्।
‘पूर्वस्कृति र जानकारीबिना जिल्ला तथा कार्यक्षेत्र छाडेर सेवा प्रवाहमा असर परेको गुनासो आएकोले अबदेखि यस मन्त्रालयको पूर्वस्वीकृति बेगर जिल्ला र कार्यक्षेत्र नछाड्न अनुरोध छ,’ पत्रमा भनिएको छ।