बाँफिकोट गाउँकार्यपालिकाको बैठक सम्पन्न

बाँफिकोट गाउँकार्यपालिकाको बैठक सम्पन्न

मुसिकोट । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको १० औँ गाउँ कार्यपालिकाको बैठक सम्पन्न भएको छ । बैठकमा विभिन्न निर्णयहरु पारित गरिएको वडा नम्वर २ का वडा अध्यक्ष तथा प्रवक्ता प्रकाश खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार शुक्रबार बसेको बैठकले हिउँदे गाउँसभा पौष २७ गते गर्ने निर्णय गरेको छ । यस्तै पालिका भित्रका अवकाश प्राप्त कर्मचारीलाई स-सम्मान (मायाको चिनो) अवकाश दिने र नयाँ कर्मचारी भर्नाको लागि बिज्ञापन खुलाईने, पचास लाख भन्दा माथीका योजनाहरुको टेन्डर आह्वान गर्ने र पचास लाख भन्दा तलका योजनाहरुको उपभोक्ता समिति पौष २० गते भित्र बनाईसक्नु पर्ने र पौष मसान्त सम्म सम्झौता गरिसक्नु पर्ने, पुराना विद्यालयहरुको विज्ञापनहरुको परिक्षा पौष ९ देखि २७ सम्म गरिसक्नु पर्ने जस्ता निर्णय गरेको छ ।

त्यसैगरि केहि योजनाहरुको ठेक्का स्विकृत गरि कार्यदेश तथा सम्झौता गर्ने, पालिकामा स्थायी इन्जिनियरको माग गर्ने, न्यायीक समितिको प्रत्येक वडामा गठित ३/३ जनाको मेलमिलाप समितिलाई तालिमको व्यवस्था गर्ने, प्रत्येक वडा र प्रत्येक स्वास्थ्य चौकीहरुमा डिजिटल हाजिर यहिँ पौष मसान्त भित्र जडान गरि सञ्चालनमा ल्याईसक्नु पर्ने, पालिकामा अपाङ्ग परिचय पत्र वितरण तथा नविकरण गर्ने उद्देश्यले माघ ५ गते अपाङ्ग शिविर सञ्चालन गर्ने निर्णयहरु पनि बैठकले गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार