भूमेमा जेष्ठ नागरिकलाई सम्मान

भूमेमा जेष्ठ नागरिकलाई सम्मान

रुकुमकोट । रुकुम पूर्वको भूमे गाउँपालिकाले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । सोमबार एक कार्यक्रमका बिच दोस्रो राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा गाउँपालिकाले ९ वटै वडाका १८ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष होमप्रकाश क्षेष्ठले जानकारी दिनुभयो ।

गाउँपालिकाकाले जेष्ठ नागरिकलाई सम्मान सँगै यातायात खर्च पनि सहयोग गरेको छ ।

गाउँपालिका अध्यक्ष होमप्रकाश क्षेष्ठको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा उपाध्यक्ष बुढा, निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र यादव, ९ वटै वडाका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

गाउँपालिका उपाध्यक्ष बुढाको स्वागत मन्तव्य कार्यक्रमको सञ्चालन महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी कर्मचारी धनिषा पुनले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार