सानीभेरी ९ का १२० जना जेष्ठ नागरिकलाई फाइबर सिरक

सानीभेरी ९ का १२० जना जेष्ठ नागरिकलाई फाइबर सिरक

मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ९ ले वडाका जेष्ठ नागरिकलाई फाइबर सिरक वितरण गरेको छ ।

बुुधबार एक कार्यक्रमका बीच वडाका १२० जना जेष्ठ नागरिकलाई फाइबर सिरक वितरण गरेको हो । चालु आर्थिक बर्षको बार्षिक  २०७९/०८० को वडाको  स्विकृत  बजेट १ लाख ५० हजार बजेटबाट फाइबर सिरक खरिद गरि बितरण गरिएको वडा अध्यक्ष शेर बहादुर खड्काले जानकारी दिनुभयो ।

वडाले हरेक बर्ष जेष्ठ नागरिक तथा अपांगहरुलाई सम्मान गर्दै आइरहेको छ ।

यस्तै जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण समेत गरिएको छ । स्वास्थ्य परिक्षणका क्रममा समस्या देखिएका जेष्ठ नागरिकलाई निशुल्क ‌औषधि उपलब्ध गराइएको छ ।

जेष्ठ नागरिक सम्मान कार्यक्रममा अध्यक्षता वडा अध्यक्ष शेर बहादुर खड्का, प्रमुख प्रशासकिय अधिकृत दिपक बुढाथोकि लगायतको आथित्यता रहेको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार