रुकुम पूर्वको सिस्ने गाउँपालिकाले लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने

रुकुम पूर्वको सिस्ने गाउँपालिकाले लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने

रुकुमकोट । रुकुम पूर्वको सिस्ने गाउँपालिकाले लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।सिस्ने गाउँपालिकाले गाउँपालिकाभित्र स्थायी बसोबास गर्ने युवाहरुको लोकसेवाप्रति आकर्षण बढाउन र परीक्षामा सक्षम बनाउन निःशुल्क तयारी कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक स्विकृत कार्यक्रम अनुसार लक्षित समुदायका लागि गाउँपालिकास्तरीय लोक सेवा आयोग पूर्व तयारी कक्षा सञ्चालन गर्न लागेको गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मिले जानकारी दिनुभयो ।

१८ वर्ष पुरा भएका तर ३५ वर्ष ननाघेको इच्छुकहरुले कम्तिमा एस.एल.सी/एस.ई.ई उत्तिर्ण भएको शैक्षिक प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र र सम्बन्धित व्यक्तिको निबेदन सूचना प्रकाशित भएको दश दिन भित्र गाउँपालिकामा पेश गर्नुपर्ने प्रमुख प्रशासकिय अधिकृत विकास विक्रम शाहले जानकारी दिनुभयो ।

रुकुम पूर्वमा लोक सेवा आयोगको तयारी कक्षा सञ्चालनमा छैन । यस क्षेत्रका युवाहरु लोक सेवा आयोगको तयारी कक्षा लिनको लागी दाङ, सुर्खेत, काठमाडौं जानुपर्ने बाध्यता रहेको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार