मुसिकोट । रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा जनप्रतिनिधि तथा मेलमिलाकर्ताहरु लागि तीन दिने कानुन सम्बन्धि आधारभुत तालिम सुरु भएको छ । नगरपालिकाको आयोजनामा शुक्रबार बाट तालिम सुरु भएको हो ।
जनप्रतिनिधि तथा मेलमिलापकर्ताहरुको कानुन सम्बन्धि क्षमता विकास गर्ने, न्यायीक सम्पादन प्रक्रियामा सहयोग, न्यायीक समितिको क्षेत्राअधिकारको बारेमा कानुुनी कुराहरु सिकाईने छ ।
यस्तै संबिधान, मुलुकि देवानी ऐन र स्थानीय सरकार ऐनको बारे जानकारी र नयाँ जनप्रतिनिधी तथा मेलमिलाप कर्ता लाई कानुन सम्बन्धि तालिम दिईने उप प्रमुख तथा न्यायीक समिति संयोजक धनकुमारी शाहीले जानकारी दिनुभयो ।
तीन दिनसम्म सञ्चालन हुने उक्त तालिमको सहजिकरण जिल्ला न्यायाधीश खड्क बहादुर केसी, तहशिलदार (शाखा अधिकृत) बिष्णु प्रसाद पौडेल र अधिवक्ता टेक बहादुर खड्काले गर्ने जनाइएको छ ।
तालिम उद्घाटन कार्यक्रममा नगर प्रमुख रवि केसी, जिल्ला न्यायाधीश खडक बहादुर केसी, उप प्रमुख धनकुमारी शाही, तहशिलदार (शाखा अधिकृत) बिष्णु प्रसाद पौडेल, अधिवक्ता टेक बहादुर खड्का, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाह लगायतको आथित्यता रहेको थियो ।
