पछिल्लो २४ घण्टामा दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन सय ९४ जनाको नमुना परीक्षण गर्दा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा तीन जना काेराेना सङ्क्रमित निको भएका छन् । याेसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या २९ जनामा झरेको छ ।