मुसिकोट । सर्वसाधारणको सुविधाका लागि रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले सेवाग्राहीहरूलाई निःशुल्क फोटोकपीको सुविधा दिन सुरु गरेको छ।
विभिन्न सेवाका लागि नगरपालिकामा आउने सेवाग्राहीलाई मध्यनजर गर्दै नगरपालिकाले निःशुल्क फोटोकपी गर्ने व्यवस्था मिलाएको छ।
फोटोकपी गर्न पनि बजार पुग्दा कार्यालय समय बित्दा अर्को दिन सेवा लिन आउनुपर्ने बाध्यताको अन्त्य गर्न निःशुल्क फोटोकपी सेवा सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो ।
नगरपालिकाले कार्यालयमा सेवाग्रामैत्री सेवा प्रवाहका लागि कागजात व्यवस्थापन सहजीकरण, सेवाग्राही सन्तुष्टि सर्वेक्षण र सुझाव कार्यान्वयन पनि गर्ने गरेको छ ।


 
					
							 
			 
                             
                             
                             
                             
                            