रुकुमकोट । रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ३ ले वडाका जेष्ठ नागरिकलाई फाइबर सिरक वितरण गरेको छ ।
आईतबार एक कार्यक्रमका बीच वडाका ८७ जना जेष्ठ नागरिकलाई फाइबर सिरक वितरण गरेको हो । चालु आर्थिक बर्षको बार्षिक २०७९र०८० को वडाको स्विकृत बजेटबाट फाइबर सिरक खरिद गरि बितरण गरिएको वडा अध्यक्ष हेराम खड्काले जानकारी दिनुभयो ।
वडाले हरेक बर्ष जेष्ठ नागरिक तथा अपांगहरुलाई सम्मान गर्दै आइरहेको छ ।
जेष्ठ नागरिक सम्मान कार्यक्रममा वडा अध्यक्ष हेराम खड्का, जिल्ला समन्वय समिति सदस्य लालजित बुढा, वडा सदस्य लछिराम खड्का, प्रेमा कुमारी कामी, पोखरा स्वास्थ चौकी इन्चार्ज ज्ञानु वलि लगायतको आथित्यता रहेको थियो । अम्मर खत्री
