कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका भएको हो ।
माओवादी संसदीय दलका नेता शर्मा बुधबार नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँलाई नेकपा एमाले, राप्रपा र एकीकृत समाजवादीको समर्थनले समर्थन गरेको छ ।
यस्तै आजै मुख्यमन्त्री शर्माले एमालेबाट र माओवादीबाट १ १ जनालाई मन्त्रीमा नियुक्त गर्नुभएको छ । एमालेबाट विनोद कुमार शाह र माओवादीबाट मुगुका मंगल शाही मन्त्री बन्नुभएको हो।