शंकर लामिछाने प्रतिष्ठानले शुक्रबार थाहा पुस्तकालय मीनभवन, काठमाडौँमा चार निबन्धकारहरु श्रीओम श्रेष्ठ “रोदन”, भीष्म उप्रेती, युवराज नयाँघरे र ज्ञानेन्द्र विवशद्वारा लिखित “संवेदनाका स्वरहरु” निबन्धसङ्ग्रह प्रकाशनको २५ वर्ष (रजत महाेत्सव) को अवसरमा समीक्षात्मक कार्यक्रमको आयोजना गरेको छ ।
सो अवसरमा “संवेदनाका स्वरहरु” निबन्ध सङ्ग्रहका भूमिका लेखक प्रा. डा. शैलेन्दुप्रकाश नेपाल र सो कृतिका आवरण कलाका कलाकार के. के. कर्माचार्य लगायत समीक्षकद्वय डा. ज्ञानु पाण्डे र महेश पौडेलले निबन्ध लेखनका उतारचढावका विविधपक्षमा चर्चा गर्नुभएको थियोे ।
“संवेदनाका स्वरहरु”का चार निबन्धकारले आ-आफ्नो सङ्क्षिप्त मन्तव्यका क्रममा बितेको २५ वर्षदेखि निबन्ध र नियात्रा लेखनमा कृति प्रकाशनका साथै उक्त विधालाई निरन्तरता दिंदै आएको बताउनु भएको थियो ।
शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सप्पन्न कार्यक्रममा साहित्यकार शैलेन्दुप्रकाश नेपाल लाई लेखकहरुका तर्फबाट आभारपत्रसहित अभिनन्दन गरिएको थियो ।
कार्यक्रमको संचालन निबन्धकार श्रीबाबु कार्कीले गर्नु भएको थियो ।