पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना

पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना

पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनामा परेको छ।  पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोंचमा यती जहाज दुर्घटना भएको हो।

काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको जहाजमा कुल ७२ जना रहेको बताइएको छ । चालक दलका सदस्यसहित कूल ७२ जना जहाजमा रहेको प्रहरीले बताएको छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जहाज दुर्घटनामा परेको पुष्टि गरे। यद्पि, घटनाको विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार