विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा मुसिकोटमा दीप प्रज्वलन

विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा मुसिकोटमा दीप प्रज्वलन

मुसिकोट । पोखरामा आइतबार भएको विमान दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झनामा रुकुम पश्चिमको सदरमुकाम मुसीकोट खंलगामा दीप प्रज्वलन गरिएको छ ।

जिल्लास्थित बैंक तथा बित्तीय संस्थाहरुको संयुक्त आयोजनामा सोमवार साँझ मुसीकोट नगरपालिका वडा नम्बर १ खंलगामा दीप प्रज्वलन गरिएको हो ।

त्रिवेणी चोकमा भएको कार्यक्रममा बैक तथा वित्तीय संस्थाहरुका प्रमुख तथा प्रतिनिधि, बिभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधी, पत्रकार लगायतको सहभागीता रहेको थियो ।

मृतकहरुको सम्झनामा एक मिनेट मौन धारण समेत गरिएको छ।

काठमाडौंबाट पोखराको लागी उडेको नाइनएन एएनसी एटिआर–७२ को बिमान आइतवार बिहान अवतरणको क्रममा पोखरामा दुर्घटना भएको थियो ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार