नेपाली कांग्रेसले सभामुखमा ईश्वरी देवी न्यौपानेको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । बुधबार साँझ कांग्रेस संसदीय दलका नेता रमेश लेखकले एक प्रेस नोटमार्फत पार्टीका सांसदहरूलाई सभामुखको निर्वाचनमा अनिवार्य उपस्थित हुन निर्देशन दिएका हुन् ।
उनले सांसदहरूलाई मतदानमा तटस्थ नरहेर न्यौपानेको पक्षमा मतदान गर्न निर्देशन दिएका छन् ।
सभामुखको निर्वाचन भोलि हुँदै छ । कांग्रेसबाट सभामुखमा न्यौपानेले उमेदवारी दिएकी छन् ।