मुसिकोट । रुकुम पश्चिममा पदमार्ग प्रवर्द्धन गर्ने उद्देश्यले सन्चालन भएको दोस्रो सिस्ने ट्रेल रेस प्रतियोगिता सम्पन्न भएको छ ।
सिस्ने ट्रेल रेस समिति रुकुम पश्चिम र सिस्ने तेक्वान्दो डोजाङ्ग आठबिसकोट नगरपालिकाले सन्चालन गरेको उक्त ट्रेल रेस प्रतियोगिता बुधबार सम्पन्न भएको हो ।
ट्रेल रेसमा पुरुष तर्फ सुमन कुलुङ र महिला तर्फ विमला कार्की प्रथम भएको सिस्ने ट्रेल रेस समिति रुकुम पश्चिमका अध्यक्ष नरेश पुनले जानकारी दिनुभयो ।
उहाँका अनुसार रेस पुरुष तर्फको लागी २१ किलोमिटर र महिला तर्फको लागी १० किलोमिटरको दुरी तोकिएको थियो । पुरुष तर्फको ट्रेल रेसका लागि बाँफिकोट गाउँपालिकाको छिनखेतदेखि आठबिसकोट नगरपालिकाको राडीबजार सम्म र महिला तर्फको लागी बाँफिकोटको नदुवाबाट आठविसकोटको राडिसम्मको रुट तय गरिएको थियो ।
उक्त रुट अनुसार सुमनले निर्धारित दुरि १ घण्टा ३४ मिनेटमा पार गर्दै प्रथम स्थान हासिल गर्नुभयो । रेसमा १ घण्टा ४० मिनेटमा दौड पुरा गरेका प्रताप खड्का दोस्रो र १ घण्टा ३१ मिनेटमा निर्धारित दुरि पार गरेका देवराज महतरा तेस्रो हुनुभएको हो ।
यसैगरि महिला तर्फ भने निर्धारित १० किलोमिटर दुरि ३४ मिनेटमा पार गर्दै विमला कार्की प्रथम हुँदा जमुना बुढा ३५ मिनेटमा दोस्रो र गंगा बुढा ३६ मिनेटमा तेस्रो र बिन्दु हमालले ३८ मिनेट दुरि पार गर्दै सान्तोना स्थान हाँसिल गरेको आयोजकले बताएको छ ।
आयोजकका अनुसार रेसमा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीहरुलाई पुरुष तर्फ क्रमशः ६० हजार, ४० हजार र २० हजार पुरस्कार प्राप्त गर्नै छन भने महिला तर्फ क्रमशः २० हजार, १४ हजार र ८ हजार नगद र मेडलसहित पुरस्कृत गरिएको छ ।
![](https://i0.wp.com/ujelinews.com/wp-content/uploads/2023/01/322819714_690917129447720_582795181711122221_n.jpg?resize=640%2C473&ssl=1)
![](https://i0.wp.com/ujelinews.com/wp-content/uploads/2023/01/324925496_1127280144605103_8730011791187039973_n.jpg?resize=640%2C427&ssl=1)
![](https://i0.wp.com/ujelinews.com/wp-content/uploads/2023/01/325893898_1003049757728380_2027679363563118930_n.jpg?resize=640%2C427&ssl=1)