मुग्लिन–नारायणगढ सडकखण्ड दैनिक चार घण्टा बन्द गरिने

मुग्लिन–नारायणगढ सडकखण्ड दैनिक चार घण्टा बन्द गरिने

मुग्लिन–नारायणगढ सडकखण्डमा पुनः सवारी आवगमन बन्द गरेर काम गरिने भएको छ । पुल निर्माणका लागि पहाड काट्ने काम नसकिएकाले उक्त सडकखण्ड पुनः बन्द गरेर काम गरिने भएको हो ।

एक महिना अगाडिदेखि बन्द गरेर सडक निर्माणको काम गर्दा काम थप प्रभावकारी भएकाले पुनः सोही क्रम दोहोर्याउन लागिएको नारायणगढ–मुग्लिन सडक योजनाले जनाएको छ ।

यसअगाडि बिहान ११ देखि ३ बजेसम्म बन्द गरिँदै आएको उक्त सडकखण्डमा समय भने परिवर्तन गरिएको छ । अब दिउँसो १२ देखि ४ बजेसम्म बन्द गरिने भएको छ । यातायात व्यवसायीको अनुरोधमा समय परिवर्तन गरिएको हो ।

आजबाट दैनिक दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गरेर काम गरिने भएको छ । थप एक महिना दैनिक चार घण्टा यातायात बन्द गरेर काम गरिने भएको छ ।

तुइनखोला पुल र चिसेन्जीखोला पुल निर्माण हुने ठाउँमा पहाड काट्ने काम सकिएको छैन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार