पुथाउत्तरगंगा गाउँपालिकाको १४ औँ गाउँसभा सम्पन्न

पुथाउत्तरगंगा गाउँपालिकाको १४ औँ गाउँसभा सम्पन्न

रुकुमकोट । पुथाउत्तरगंगा गाउँपालिका रुकुम पूर्वको १४ औँ गाउँसभा सम्पन्न भएको छ ।

आईतबार आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रम संशोधन गरिएको छ । गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगरका अनुसार गाउँसभामा आर्थिक वर्ष २०७९/०८० को साउन १ गते देखि पुस मसान्त सम्मको आयव्यय सार्वजनिक र विषयगत शाखाको प्रगति समीक्षा गरिएको थियो ।

गाउँसभा बाट आर्थिक वर्ष २०७९/०८० को आर्थिक कारोबार, अन्य विभिन्न समितिहरूले २०७९ साउन देखि हाल सम्म विभिन्न मितिमा बैठक बसी पारित गरेका विभिन्न कार्यक्रम, रकमान्तर, विविध निर्णय, कार्यविधि, निर्देशिका र अन्य कानुनको अनुमोदन गरिएको छ ।

यस्तै आवधिक योजनाबारे छलफल तथा ढोरपाटन सिकार आरक्षमा सिकार मार्फतको कर गाउँपालिकामा पनि करको दायरा लिनका लागि पहल गर्ने गाउँसभाले निर्णय गरेको समेत अध्यक्ष घर्ती मगरले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार