कर्णाली प्रदेशमा सत्ता साझेदार दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालयको भागबण्डा टुङ्गिएको छ ।
मंगलबार दुई दलका प्रदेशका शीर्ष नेताहरुको बैठकले मन्त्रालयको टुङ्गो लगाएका हुन् ।
बैठकमा सहभागी नेकपा माओवादी केन्द्रकी अध्यध्यक्ष बिमला केसीका अनुसार नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधार, जलस्रोत तथा उर्जा मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिने भएको छ ।
त्यस्तै एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने सहमति भएको हो ।
अध्यक्ष केसीका अनुसार भोलि बुधबारसम्म मन्त्रिमण्डल विस्तार गरिने सहमति पनि बैठकमा भएको छ ।