पूँजीवादको खडेरीमा जिउँदै जलेका प्रेम

पूँजीवादको खडेरीमा जिउँदै जलेका प्रेम

मलाई अहिले पनि सम्झना छ, २०५६ सालतिरको एक बिहान । मेरो गाउँको नयैं छाना भएको,रातैपोतेको सुन्दर घरको भित्तामा बडेमानका काला अक्षरहरुले दलाल पूँजीवाद मुर्दावाद, नव सामान्त मुर्दावाद लेखीएको थियो। मलाई त्यो बेला यस्का अर्थहरु पत्ता भएन । मलाई लाग्यो सायद हामीलाइ गाली गरीएको हो। सचेत बनाइएको हो । ति नारा तत्कालिन युद्धरत माओवादीहले मेरा घरमा भित्ते लेखन गरेका थिए । यि नाराहरुलाइ मैले जुन रुपमा पछि बुझे सायद त्यतिबेला हाम्रो घरमा २ वटा थप नयाँ भैसि किनिएको । माटोले रातै पोतेर सफा राखीएको घर । बर्षभरी खाना आफ्नै बारीबाट हुने उत्पादन आदिले हामी नवसामन्त हुदै गएको पूँजीवादलाई प्रशय गरिरहेको भन्ने आक्षेप उनिहरुको रहेछ ।

पछि राजनितिशास्त्रको बिधार्थी समेत भइयो । यहाँसम्म आउदा मैलै पुजिबादलाइ बडो नजिकले बुझ्ने मौका पाए । त्यतिखेर गाउँमा २ वटा थप दुहुनो भैसि हुदा सामान्त र पूँजीवादकोको उपमा दिनेहरु बजार पसेर बैंक खोल्न थालि सकेका थिए । करोडौंको शेयबजार उठाउदै नियन्त्रण गर्न सक्ने,बजार प्रभाव पार्न सक्ने भैसकेका थिए । पूँजीवाद आर्थिक प्रणाली या तन्त्र हो जसमा उत्पादनको साधनमाथि निजी स्वामित्व हुन्छ । यसलाई कहिले काहिँ व्यक्तिगत स्वामित्वूको पर्यायवाचीको रूपमा समेत हेर्ने गरिन्छ। यसरी हेर्दा पूँजीवादले आर्थिक प्रणालीलाई स्वतन्त्र राखिदिन्छ । ब्यक्तिले पूँजी बढाउन अध्याधिक नाफा मुलक हुनुपर्छ भन्ने मान्यता राखीन्छ । या भनौं नाफा बिना बजार चलायामान हुदैन र पूँजी बढ्दैन भन्ने बिश्वास गरिन्छ । यसकारण जहिले पनि पूँजीवादमा निम्नस्तर तथा मध्यमवर्गको पहुँज कम हुने या नहुने हुन्छ । जस्को पूँजीव बढी छ,लगानी जस्ले बेशि गर्छ या जो बढी नाफा कमाउछ त्यो नै अर्थतन्त्रमा बलियो हुन्छ र अर्थब्यबस्था समेत उ अनुकुलित रहन थाल्छ । यसो भनिरहदा पूँजीवादका थुप्रै राम्रा पक्षहरु पनि छन । तर हाम्रो जस्ता मध्यमस्तरका मान्छेहरु बढि रहेको मुलुकमा पूँजीवादको असर प्रस्ट देखीने र अर्थ ब्यबस्था केहि निश्चित मान्छेहरुको पकटमा रहिहरने स्थिथि बन्ने रहेछ ।

तसर्थ पूँजीवादले खासमा स्वतन्त्र रुपमा बजारलाइ छाडिदिने हुदा दैनिक कमाउने र त्यसैले गुजारा गर्ने समाजमा एक किसिमका खाडल महसुज हुने गर्दछ। मध्यस्तरका पूँजी भएका मानिसहरुका लागी कहिलेकाही यो ब्यबवस्था पासो बन्न सक्ने तितो यथार्थ भक्खर कै घटनाले देखाइदियो । ईलामका प्रेम आचार्यले आफैलाइ जलाएर मृत्युबरण गरे । यो मृत्युले धेरै प्रश्नहरुको जन्म दिएको छ । अझ मृतक आचार्यले आफुलाई जलाउनु अघि जसरी सामाजिक सन्जालमा लामो नोट लेखे । यसले त झन यो मृत्युलाइ यो ब्यबस्थासँग जोडेर हेर्नुपर्ने बनाएको छ । उनले अनेकौं आफ्ना ब्यबथानहरु पोखेका छन । आफुले हालसम्म बाँच्नका लागि गरेका प्रयासहरुका लामा फेरिस्तहरु राखेका छन । खासगरि बजारमा पूँजी बृद्धिका लागी प्रबाह गरिने बितिय साहेताहरुले कयौं मध्यम बर्गिय मान्छेहरुलाइ मर्न बाध्य बनाएका छन ।

देशमा तत्कालिन माओवादीले भैसि पालेका किसानहरुमा पूँजीवादको अनुहार देख्दा अहिले त्यही दलको देशमा ब्याप्त अर्थब्यबस्थामा नजर छैन । बित्तिय संस्थाहरुले सिंगो ब्यबस्थालाइ क्याप्चर गरेका छन । ब्याजदरमा हुने मनलाग्दि बृद्धि र नाफा मूलक मानसिकताले यो क्षेत्र अस्तब्यस्थ छ । बित्तिय संस्थाहरु जनताकै पैसाले जनतालाइ नै ब्लाकमेलिङ गरिरहेछन । देशका अर्थतन्त्रलाइ लोककल्यानकारी बनाउने जिम्मा बोकेका राष्टबैक र अर्थ मन्त्रालय आ आफ्नै तालमा छन । देशका गभर्नरले यहि ब्यबस्थालाइ सुधार गर्न बार्षिक ४९ लाख भन्दा बढी पारीश्रमिक लिएर बसेका छन । उनिहरुलाइ कसरि बैकमा नाफा धुपार्ने भन्ने मात्र ध्यान छ । खुल्ला बजारमा खालि असिमित नाफामुलक बित्तियसंस्थाहरु राखेर पूँजीवादलाई यो देशमा चरण बिन्दुमा लगिदै छ ।

त्यसकारण यो चरम पूँजीवादको खडेरिमा प्रेम ज्यूदै जलेका छन । यो बिन्दुको पूँजीवाद निरन्तर रहिरहेमा धेरै प्रेमहरु जल्न बाँकि छ । प्रेमहरु अझै अस्पतालको बिल तिर्न नसकेर जल्न, प्राइभेट स्कुलका बिल तिर्न नसकेर जल्न,अदालतको धरौटि तिर्न नसकेर जल्न र यो बजारबाट सताइएर जल्न बाँकी छ । पालो कुरेर,तमसा हेरेर बसौं ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार