
कलिलै उमेरमा पासपोट लिन लाइनमा बस्दैछन नेपाली
धन कमाउने आशमा बिदेशमा गई फस्दैछन नेपाली
कठै मेरो देश नत परिश्रमको मुल्य न त रोजगारी नै छ
डिग्री गरेर बिदेशमा चौकिदारका लागी फाराम भर्दैछन नेपाली
कति पनि दया माया दु.ख लाग्दैना र नेपाली नेताहरु हो
दिन दिनै गरिबी भोकमरिको दलदलमा फस्दैछन नेपाली
सक्छौ भने केहि गर्छु भन्नेलाई काम गर्ने बाताबरण बनाउ
हेर त दिन दहाडै आत्म हत्या आत्म दाहा गर्दैछन नेपाली
केवल कुमार के.सी
कोहलपुर १० बाँके
हाल महेन्द्रनगर