सिम्रुतु क्याम्पसको अध्यक्षमा चन्द्रबहादुर निर्वाचित

सिम्रुतु क्याम्पसको अध्यक्षमा चन्द्रबहादुर निर्वाचित

मुसिकोट । सिम्रुतु क्याम्पस रुकुम पश्चिमको संचालक समितिको अध्यक्षमा चन्द्रबहादुर खड्का निर्वाचित हुनुभएको छ ।

टोपबहादुर चन्दलाई पराजित गर्दै खड्का अध्यक्षमा निर्वाचित हुनुभएको हो । कुल १०४ जना क्याम्पस सभा सदस्य मध्ये ९० जना मतदानमा सहभागी भएका थिए । कुल खसेको ९० मध्ये ६१ मत सदर र २९ मत बदर रहेको थियो । जसमध्ये खड्काले ३८ मत प्राप्त गर्नुभयो ।

उहाँका प्रतिस्पर्धि चन्दले २३ मत प्राप्त गर्नुभयो । अध्यक्षमा सहमति हुन नसकेपछि निर्वाचन भएको थियो । अन्य पदमा भने निर्विरोध भएको छ ।

यस्तै उपाध्यक्षमा त्रिवेणी २ का शोभाराम बोहरा निर्विरोध निर्वाचित हुनुभएको छ । सदस्यहरुमा त्रिवेणी ५ का रणबहादुर पुन, त्रिवेणी ६ की निर्मला बिष्ट खड्का, त्रिवेणी १ का लक्ष्मन ओली, त्रिवेणी १ का दिलिपकुमार देवकोटा, त्रिवेणी ८ का लक्ष्मन कामी र त्रिवेणी १० का शेरबहादुर खड्का निर्विरोध निर्बाचित हुनुभएको निर्वाचन समिति संयोजक ओमप्रकाश बिसीले जानकारी दिनुभयो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार