नेकपा रुकुमले लघुवित्त विरुद्ध आन्दोलन गर्ने

नेकपा रुकुमले लघुवित्त विरुद्ध आन्दोलन गर्ने

मुसिकोट । विप्लव नेतृत्वको नेकपा रुकुम पश्चिमले लघुवित्तको ब्याजदर विरुद्ध आन्दोलन गर्ने भएको छ ।

आज मुसिकोटमा छैटौं जिल्ला समितिको प्रथम पूर्ण बैठकका निर्णयहरु पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै पार्टीले लघुवित्त विरुद्ध विभिन्न कार्यक्रमहरु गर्ने निर्णय भएको जानकारी गराएको हो ।

भोली खलंगामा पीडित सहित लघुवित्त विरुद्ध प्रर्दशन गरिने नेकपाका केन्द्रीय सदस्य चन्द्रबहादुर बुढाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो जिल्लामा पनि लघुवित्तले साधारण कृषि व्यवसाय गर्ने जनतामा लुट मच्चाएको छ यसका विरुद्धमा पार्टी अन्तिम सम्म लाग्ने छ ।

पार्टीको केन्द्रीय समितिले देशभरमा लघुवित्त, बैंकको चर्को व्याजदर र मिटरव्याज तथा चक्रिय व्याजदरका विरुद्ध कडा संघर्ष गर्ने निर्णय गरेको जानकारी गराउँदै उहाँले जिल्लामा पनि कडा संघर्ष हुने बताउनुभयो । पार्टीका अनुसार फागुन १५ गते मुल्य बृद्धिका विरुद्ध प्रदर्शन हुने छ ।

फागुन २५ गतेसम्म राज्य र लघुवित्त तथा बैंकका तर्फबाट यस बारेमा कुनै आधिकारिक जवाफ नआए संस्थामा ताला लगाउनेसम्मको संघर्षमा उत्रिने चेतावनी उहाँले दिनुभयो ।

यस्तै पार्टीको जिल्ला समितिको बैठकले शिक्षामा बढेको निजीकरण विरुद्ध लाग्ने, निःशुल्क र भरपर्दो स्वास्थ्य सेवाका लागि जनघनत्व हेरेर जिल्लामै अत्याधुनिक अस्पताल खोल्न र त्यही अनुसार जनशक्तिको व्यवस्थापन आग्रह गर्ने निर्णय गरेको छ ।

डि थ्री का सेक्रेटरी छलाङको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बैठकका निर्णयहरु पार्टी डि टू का सक्रेटरी छविलाल घर्तीले सार्वजनिक गर्नुभएको थियो ।

पार्टीका जिल्ला इन्चार्ज चन्द्रबहादुर बुढाको प्रमुख आतिथ्यता रहेको थियो । पत्रकार सम्मेलनको संचालन पार्टिका जिल्ला सेक्रेटरी भाष्कर मल्लले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार