प्रजातन्त्र दिवसको अवसरमा डिग्रे मन्दिर सरसफाई

प्रजातन्त्र दिवसको अवसरमा डिग्रे मन्दिर सरसफाई

मुसिकोट । आज ७३ औँ प्रजातन्त्र दिवस । प्रजातन्त्र दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । रुकुम पश्चिममा पनि प्रजातन्त्रको दिवसको अवसर पारेर प्रसिद्ध डिग्रे शाईकुमारी भगवती मन्दिर सरसफाई गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको नेतृत्वमा मुसिकोट नगरपालिका वडा नम्बर ५ थर्पुमा रहेको डिग्रे शाईकुमारी मन्दिर वरपरका ठाउँमा रहेको फोहोर हटाएर सरसफाई गरिएको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले जानकारी दिनुभयो ।

सरसफाइ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त, नरसिंह दल गण सल्लेका गणपति प्रमुख सेनानी प्रमोद शर्मा, जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक  नमराज भट्टराइ, शसस्त्र प्रहरी बल ४७ नम्बर गुल्मका प्रमुख प्रहरी नायब उपरीक्षक गोबिन्द बहादुर केसी, सहायक प्रमुख जिल्ला अधिकारि प्रेम जि.एम., प्रहरी निरीक्षक राजिव श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुकुम शाखाका अध्यक्ष लक्ष्मण केसी, सुरक्षाकर्मी, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार