रुकुम पश्चिममा एक जना कैदीबन्दीको कैद मिनाहा

रुकुम पश्चिममा एक जना कैदीबन्दीको कैद मिनाहा

मुसिकोट । रुकुम पश्चिमको कारागारमा रहेका एक जना कैदीबन्दीको कैद मिनाहा गरिएको छ ।  ७३ औं प्रजातन्त्र दिवसको अवसरमा कारागार प्रशासनले गरेको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रुकुम कारागारमा रहेका एक जनाको कैद मिनाहा गर्नुभएको हो।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसुर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशहरू समेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका व्यक्तिहरूको कैद सजाय मिनाहा गर्नुभएको छ ।

कैद माफिमिनाहा पाउनेमा जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ११ का ६२ बर्षका लुद्र बहादुर पुनमगर रहेको कारागार कार्यालय रुकुम पश्चिमका प्रमुख अगबिर घर्तिले बताउनुभयो।

अदालतबाट ज्यान मार्ने उद्योगमा ५ बर्ष सजाय तोकिएकोमा २ बर्ष ६ महिना १५ दिन कैद भुक्तान गरिसक्नु भएका लुद्रको कैद सजाय मिनाहा भएको कारागार कार्यालय प्रमुख घर्तीले बताउनुभयो ।

२५ जना कैदीबन्दीको क्षमता रहेको जिल्ला कारागार रुकुम पश्चिममा हाल १३० जना कैदी बन्दी रहेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार