शिक्षक संघ रुकुम पश्चिमको अधिबेशन सुरु, अध्यक्षमा ३ जनाको दाबेदारी

शिक्षक संघ रुकुम पश्चिमको अधिबेशन सुरु, अध्यक्षमा ३ जनाको दाबेदारी

मुसिकोट । नेपाल शिक्षक संघ रुकुम पश्चिमको जिल्ला अधिबेशन सुरू भएको छ । आइतबार सदरमुकाम स्थित बालमन्दिर हलमा नेपाल शिक्षक संघको ९ औँ जिल्ला अधिबेशन सुरू भएको हो । अधिबेसनले नयाँ कार्य समिति चयन गर्ने छ ।

अहिले बन्द सत्र सुरु भएको छ । आजै बन्द सत्र नसकिने भएकोले भोलि बिहानबाट बन्त्र सत्र सुरु हुने नेपाल शिक्षक संघका सचिब खिम बहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सर्वसम्मत नयाँ नेतृत्व छनोटको लागि छलफल पनि जारी राखिएको छ ।

यसैबिच नेपाल शिक्षक संघ रुकुम पश्चिमको नयाँ नेतृत्वका लागि उजेली न्यूज डटकमलाई प्राप्त जानकारी अनुसार अध्यक्षमा तीन जनाको दाबेदारी देखिएको छ । जसमा हालका उपाध्यक्ष शंकर कुमार रावल, डम्बर खड्का र सचिब खिमबहादुर खड्का रहनुभएको छ ।

जिल्ला अध्यक्ष तारा चन्दको अध्यक्षता भएको उद्घाटन कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रीय सदस्य धिरेन्द्र शाहको प्रमुख आथित्यता रहेको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस कर्णाली प्रदेशका महामन्त्री कृष्णबहादुर रोकाय, जिल्ला सभापति प्रेम प्रकाश ओली, महासमिति सदस्य तिलक भण्डारी, मुसिकोट नगरपालिकाका नगर प्रमुख महेन्द्र केसी, शिक्षक संघ संगठनका प्रमुख तथा प्रतिनिधि लगायतको आथित्यता रहेको थियो

कार्यक्रमको सञ्चालन नेपाल शिक्षक संघका जिल्ला सचिव खिमबहादुर खड्काले गर्नुभएको थियो भने संघका उपाध्यक्ष शंकर रावलको स्वागत मन्तव्य रहेको थियो।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार