न्यू मुनलाईट सेकेन्डरी बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न

न्यू मुनलाईट सेकेन्डरी बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न

मुसिकोट । न्यू मुनलाईट बोर्डिङ स्कुल रुकुम पश्चिमको १८ औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ ।आइतबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न गरिएको हो ।

कार्यक्रम विद्यालय व्यवस्थाप समितिका अध्यक्ष पहल बहादुर खड्काको अध्यक्षता तथा मुसिकोट नगरपालिकाका नगर प्रमुख महेन्द्र केसीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख केसीले शिक्षाको विकासका लागि अभिभावक, शिक्षक र विद्यार्थी मिलेर अगाडि बढनु पर्ने बताउनुभयो । शिक्षाको विकासमा निजी क्षेत्रको महत्वपुर्ण भुमिका रहेको समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा मुसिकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्का, शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमका प्रमुख ताराप्रकाश पुनमगर, मुसिकोट नगरपालिका वडा नम्बर ५ का अध्यक्ष समिरजंग मल्ल, प्याब्सनका केन्द्रीय सदस्य जयबहादुर थापा, प्याब्सनका जिल्ला अध्यक्ष विमलकुमार शर्मा, नेपाल पत्रकार महासंघ रुकुम शाखाका अध्यक्ष लक्ष्मण केसी, बोर्डिङका सेयर सदस्य लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरु तथा विद्यालयले आयोजना गरेको बिभिन्न प्रतियोगीताका बिजेतालाइ पुरस्कृत गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृति प्रस्तुती प्रस्तुत राखेका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार